महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका १ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेटसहित बारा निजगढ नगरपालिका ७ योजना टोल बस्ने २७ वर्षीय मुकेश दर्लामीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






