पर्सा । पर्साको बिन्दावासिनी गाउँपालिका २ गर्दौलस्थित सडकमा आइतबार दिउँसो बा प्र ०२-०३३ प ५४८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको छ ।
मोटरसाइकल चालक, बहुदरमाई नगरपालिका ८ बस्ने २९ वर्षीय बिकाश ठाकुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नारायणी अस्पताल, वीरगंजमा लगिएको थियो, जहाँ उपचारको क्रममा उनकी मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना सम्बन्धी आवश्यक अनुसन्धान प्रहरीले अगाडि बढाइरहेको जनाएको छ ।




