काठमाडौं । मधेश प्रदेश सरकारले भोलि मंगलबार विवाह पञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको हो ।
‘मधेश प्रदेश सरकारद्वारा मिति २०८१ साल चैत्र २२ गतेको प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने विदा सम्बन्धी सूचना सम्बन्धमा मिति २०८२ साल मंसिर ९ गते मंगलबारका दिन विवाह पञ्चमीको सार्वजनिक विदा भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’ जारी सूचनामा भनिएको छ ।




