सिराहा । सिराहा नगरपालिका २१ पिपरा टोलमा प्रहरीले अवैध लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो प्रहरी चौकी लकडिगोठबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २३ प ८०६५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरू समातिएका हुन् ।
पक्राउ पर्नेमा सिराहा नगरपालिका २ का २१ वर्षीय महेश्वर सहनी र नगरपालिका १ का २२ वर्षीय भरत कुमार यादव रहेका छन् । उनीहरूको मोटरसाइकलबाट ब्राउनसुगर जस्तो देखिने करिब ६५० मिलिग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ । लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।






