सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा शनिबार श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाइते भएकी छन् । नगरपालिकाको वडा नम्बर १२ का ३५ वर्षीय कपिल सदाले ३० वर्षीय श्रीमती रुबिनादेवी सदाको टाउकोमा खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट रुबिना घाइते भएकी छन् । गम्भीर घाइते रुबिनाको टाउकोमा पाँच वटा टाँका लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर खुकुरी प्रहार गर्ने कपिल सदालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।




