काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पानीधारामा भएको सवारी दुर्घटनामा ३ वटा सवारी साधन आपसमा ठोक्किँदा ७ जना सामान्य रूपमा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा परेका सबै घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको र सबै उपचारपछि घर फर्किएका छन् ।
घटनापछि केही समय अवरुद्ध बनेको सडक अहिले खुला भएको र सवारी आवागमन सामान्य रूपमा सुरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारणका विषयमा थप अनुसन्धान भइरहेको छ ।






