सप्तरी । सप्तरीमा बसभित्रै सह-चालकको मृत्यु भएको छ । राजविराज नगरपालिका १५ का ५५ वर्षीय विश्वनाथ प्रसाद देव प्र १–०२–००२ ख ०६५९ नम्बरको बसमा मृत भेटिएका हुन् । प्रहरीका अनुसार देव सोही बसका सह-चालक थिए ।
प्रहरीका अनुसार, राजविराजबाट बुटवल–भैरहवा जाने उक्त बस टायर मर्मतका लागि राजविराज ८ स्थित सिन्हा ग्यारेज पुगेको थियो । बसमा बसिरहेको सह-चालक देव अगाडिको ढोकाको छेउमा अचेत अवस्थामा फेला परेका थिए ।
सप्तरी प्रहरी प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार, उनलाई गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि लगिएको थियो । तर त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ । प्रहरीले घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान गरिरहेको जनाएको छ ।




