सिराहा । सिराहाको धनगढीमाई नगरपालिका ८ कसहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङ घर भएका २९ वर्षीय देवराज वली र सिन्धुली कमलामाई नगरपालिका ६ रातामाटा घर भएका ३४ वर्षीय सुशिल अधिकारी रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट कसहा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले ज १ ह ३९३० नम्बरको अटोलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक देवराज र अटोमा सवार सुशिललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






