महोत्तरी । महोत्तरीमा बर्दिवास–जलेश्वर सडक खण्डमा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षकको नेतृत्वमा परिचालन प्रहरी टोलीले कालो झोलामा लुकाइएको १,४३६ थान एम्पुल प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षकका अनुसार, मोटरसाइकलमार्फत रामगोपालपुरबाट बर्दिवास तर्फ आउँदै गरेका भारतीय नागरिकसहित दुई मोटरसाइकलमा उक्त लागुऔषध लुकाइरहेको पाइएको हो ।
पक्राउ पर्नेहरूमा महोत्तरीका दुई नेपाली नागरिक र भारतीय बिहारका दुई नागरिक रहेका छन् । बरामद सामग्री, मोटरसाइकल र पक्राउ परेकाहरूलाई ईलाका प्रहरी कार्यालय गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




