काठमाडौं । काठमाडाैंमा भदाै ११ गतेदेखि भेराेसेलकाे दाेस्राे मात्रा खाेप दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ । भेरोसेलको पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समुहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालकलाई ११ गतेदेखि तीन दिनसम्म खाेपकाे दाेस्राे मात्रा दिन लागिएकाे हाे ।
यस्तै सार्वजनिक यातायातका सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्तिहरुले पनि खाेपकाे दाेस्राे मात्रा लगाउन पाउनेछन् । खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई खोपकाे दोस्रो मात्रा दिन लागिएको हाे ।
खाेपका लागि पहिलाे मात्रा खाेप लगाएकाे खाेप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर लिएर जानुपर्नेछ ।
यी हुन् खाेप केन्द्रहरू :







