काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर २ हजार ४८२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणबाट १,८६२ जना र ५,५७९ एन्टिजेन परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ५२ हजार ८६३ पुगेको छ ।
यस्तै आज ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतक संख्या १० हजार ६१२ पुगेको छ । निको हुनेको संख्या ७ लाख ३ हजार ९६४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ७८१ जना निको भएका छन् ।
आज ३८ हजार २८७ सक्रिय संक्रमित छन् । ३९६ जना क्वारेन्टिनमा छन् ।






