कलैया । केही दिनयता चिसो र शीतलहर बढ्दै जाँदा विद्यार्थीहरूको पठन–पाठन प्रभावित हुन थालेपछि बाराको करैयामाई गाउँपालिकाले जाडो बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवद्वारा जारी सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पुस ९ गतेदेखि १२ गतेसम्म जाडो बिदा दिइएको हो ।
उक्त बिदा विद्यालयहरूको वार्षिक बिदाबाट कट्टा हुने जनाइएको छ । सूचनामा पुस १३ गते आइतबारदेखि विद्यालयहरू नियमित समयमै सञ्चालन हुने उल्लेख गरिएको छ ।
अत्यधिक चिसो र शीतलहरका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले उक्त निर्णय गरेको जनाएको छ ।




