काठमाडौं । १५८ किलो गाँजासहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका ३ ब्रह्मनगरका ४२ वर्षीय छिरिङ दोङ रहेका छन् । इलाका प्रहरी कार्यालय ठोरीको टोलीले मंगलबार राति १० बजे उनको घर तथा बाँझो खेतमा गाँजा फेला पारेको हो ।
प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार दोङको घरमा लुकाएर राखिएको ९५० ग्राम र घरबाट १५ मिटर उत्तर बाँझो खेतमा १६७ किलो गाँजा फेला परेको थियो । गाँजा भण्डारण गरी बिक्री गर्न राखिएको भन्ने सूचनाका आधारमा प्रहरी पुगेको थियो । पाठकका अनुसार दोङमाथि अनुसन्धान भइरहेको छ ।




