वीरगंज । पर्सा जिल्लामा म्यादी प्रहरीका लागि आकर्षण बढेको छ । निर्वाचन प्रयोजनका लागि नेपाल प्रहरीतर्फ देशभर १ लाख ३३ हजार र सशस्त्र प्रहरीतर्फ १७ हजार माग गरिएकामा पर्साका लागि भने नेपाल प्रहरीतर्फ २ हजार ४६७ र सशस्त्रतर्फ ३८७ जनाको लागि आवदेन माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीले पुस २५ देखि माघ १ गतेसम्म आवेदन बुझाउने समय सीमा तोकिएको तथा शुक्रबार र शनिबार गरी २,४२८ जनाको आवदेन दर्ता भएको बताए । उनले शुक्रबार ६२८ जनाको आवेदन दर्ता भएको र शनिबार १,८०० जनाको आवेदन दर्ता भएको बताए ।




