काठमाडौं । सुत्केरी बस्न माइती आएकी एक महिनाकी सुत्केरी महिला राप्ती खोलामा मृत अवस्थामा फेला परेकी छिन् । हेटौंडा उपमहानगरपालिका १२ माइती घरमा सुत्केरी बस्न आएकी ३७ वर्षीया मिलन स्याङतानको शव फेला परेको हो ।
हेटौंडा १२ आपधापस्थित राप्ती खोलामा डुबेको अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । काठमाडौं बुढानिलकण्ठ घर भई सुत्केरी बस्न माइती आएकी स्याङतान आइतबार बिहान घरबाट निस्किएकी थिइन् ।
उनी नआएपछि खोजी गर्ने क्रममा राप्ती खोलामा शव फेला परेको हो । माइती घरभन्दा ३ किलोमिटर पश्चिमतर्फ राप्ती खोलामा उनको शव फेला परेको थियो । स्याङतानले डिप्रेसनको औषधि सेवन गरिरहेको खुलेको प्रहरीले जनाएको छ ।






