दोलखा । दोलखाको मेलुङ गाउँपालिका १ का वडाध्यक्ष इश्वर कोइराला समेत ३ जनाविरुद्ध सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको बारे मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष कोइरालासहित तीन जनाले मृत्यु भइसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ता बापतको रकम एक लाख ६४ हजार निकाली हिनामिना गरेको आरोपमा मुद्धा दायर गरेको जानकारी दिए ।
मुद्धा दायर हुनेमा मेलुङ गाउँपालिका १ का वडाध्यक्ष इश्वर कोइराला, वडा कार्यालयका तत्कालीन वडा सचिव विनय उप्रेती र वडा कार्यालयका कार्यालय सहायक दल बहादुर थापा रहेका छन् ।






