रौतहट । रौतहटको गरुडा नगरपालिकास्थित एनआइसी एसिया बैंक अगाडि साइकल र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना साइकल चालक गम्भीर घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार सडकमा सवारी आवागमनका क्रममा दुबै सवारी साधन आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका साइकल चालकको अवस्था गम्भीर रहेको बताइएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालकले घाइतेलाई तत्कालै उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा पुर्याएका छन् । मोटरसाइकल चालक र घाइतेको पहिचान र विस्तृत विवरण भने हालसम्म सार्वजनिक भएको छैन ।
घटना बारे जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।




