बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका १८ बडर्वाबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३ किलो ८ सय ५० ग्रामसहित मकवानपुर मनहरी गाउँपालिका ६ निवासी २४ वर्षीय निशान बहादुर सिन्चुरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी जैतापुरबाट खटिएको टोलीले बीसी २३४३ नम्बरको योद्धा पिकअप गाडी जाँच गर्ने क्रममा गाडीको पछाडि भागमा फल्स बटम बनाइ लुकाएर राखिएको उक्त परिमाणको गाँजा फेला पारेको थियो ।
त्यसपछि चालक निशानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।






