झापा । झापामा दुई वटा गाडी आपसमा ठोक्किँदा आमा छोराको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । बिर्तामोडबाट माईधारतर्फ गुडिरहेको मालवाहक गाडी र विपरीत दिशामा गुडिरहेको यात्रुवाहक बस बिहान साढे ९ बजेतिर एकआपसमा ठोक्किका हुन् ।
दुर्घटनामा भद्रपुर नगरपालिका ८ की ४० वर्षीया सुष्मा राजवंशी र उनका १८ महिनाका छोरा आरुतको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइते ११ जनाको बिर्तासिटी र बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।






