भक्तपुर । आफ्नै श्रीमती ३८ वर्षीया लाल माया तामाङको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका ३ वंशगोपाल डेगोमना डेरा गरी बस्ने काभ्रे तेमाल गाउँपालिका ९ घर भएका ३७ वर्षीय लनाम तामाङलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लनामले वादविवादको क्रममा सिलौटो प्रहार गर्दा लाल मायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






