सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ५ धनकी टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २५ किलो ५ सय ग्राम सहित सोही गाउँपालिका ४ बस्ने ४० वर्षीय देबेन्द्र मण्डललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले स ९ प ७७९४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




