रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले राजनीतिक कार्यक्रममा सरकारी सवारी साधनको प्रयोग नगर्न नगराउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले मंगलबार एक सूचना जारी गर्दै राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न आग्रह गरेका हुन् ।
साथै उनले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रक्रिया चरणबद्ध रुपमा अगाडि बढी रहेको सन्दर्भमा जिल्लाभित्र शान्ति, सुरक्षा कायम राख्न क्रियाशील राजनीतिक दल तथा दल निकट भातृ सङ्गठनहरुबाट हुने राजनीतिक सभा, सम्मेलन लगायतका कार्यक्रम आयोजना गर्दा जिल्ला प्रशासन कार्यालय रौतहटलाई जानकारी गराई अनुमति लिई मात्र कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ ।




