सर्लाही । सर्लाहीको पश्चिम धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगको मेसिनमा परेर बिहिबार एक मजदुरको मृत्यु भएको छ । चिनी उद्योगमा कार्यरत धनकौल गाउँपालिका ४ महिनाथपुरका १९ वर्षीय चुनचुन रायको उखुको रस निकाल्ने मेसिनमा परेर मृत्यु भएको हो ।
चुनचुन आफ्ना काकासँग उद्योगमा काम सिक्न भनी आएका बेला घटना भएको उद्योग सञ्चालक शैलेन्द्र गुप्ताले बताए । मेसिनमा पर्दा चुनचुनको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय हरकठवाले घटना बारे अनुसन्धान भइरहेको जनाएको छ ।
कामदारको मृत्यु भएपछि बिहिबार बिहानदेखि अन्नपूर्ण चिनी उद्योगले उखु क्रसिङ कार्य बन्द गरेको छ । अहिले उखु काटेर क्रसिङ गर्ने समय रहेकाले उद्योग परिसर उखु बोकेर आएका टायरगाढा, ट्याक्टर र ट्रकले भरिएका छन् ।




