जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले सरस्वती पूजाका नाममा विकृति नफैलाउन आग्रह गरेको छ । बिहिबार सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले सूचना जारी गर्दै सरस्वती पूजाको नाममा समाजमा विशुद्ध सांस्कृतिक कार्यक्रमबाहेक विकृति फैलाउने कुनै पनि गतिविधि नगर्न तथा नगराउन आग्रह गरेको हो ।
सूचनामा डिजेमा भोजपुरी गीत बजाई मादक तथा नशालु पदार्थ सेवन गरी नाचगान गर्ने, कसैको इच्छा विपरीत जबरजस्ती अबिर लगाउने तथा हैरानी गर्ने जस्ता अवाञ्छित क्रियाकलाप नगर्न आग्रह गरिएको छ । यस्ता किसिमका क्रियाकलाप गरिएको पाइएमा कारबाही हुने समेत जारी सूचनामा उल्लेख गरिएको छ ।




