रौतहट । रौतहटको गौर गंगापिपरा सडक खण्डको राजदेवी नगरपालिका १ पथरा स्कुल नजिक भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा रौतहटको दुर्गाभगवती गाउँपालिका २ का ३० वर्षीय अशोक महतो र रौतहट राजदेवि नगरपालिका २ का २९ वर्षीय अरविन्द महतोको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फबाट जाँदै गरेको बि आर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




