जनकपुरधाम । निर्वाचन आयोगको आचारसंहिता लागू भएसँगै नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेश सभा हालका लागि स्थगित गरिएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र लागू आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले सभा स्थगित गर्ने निर्णय गरिएको हो ।
उनले परिस्थिति अनुसार आगामी दिनमा नयाँ मिति र कार्यक्रम तालिका सार्वजनिक गरिने जानकारी दिए । कांग्रेस मधेश प्रदेशको शनिबार बसेको बैठकले उक्त मधेश सभा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यता, कानुनी शासन र निर्वाचन आयोगको निर्णय प्रति पूर्ण सम्मान व्यक्त गर्दै आचारसंहिताको उल्लङ्घन नहुने गरी पार्टी गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।




