सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ मा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । तातृबोटबाट करिव १ किलोमिटर टाढा पर्ने टेनाखोला छेउमा शुक्रबार महिलाको शव भेटिएको हो ।
स्थानीयबाट जानकारी पाएपछि प्रहरीले घटनाको मुचुल्का गरी शव उठाएको छ । घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
शव जलेको र कुहिएको अवस्थामा रहेकाले मृतक महिलाको पहिचान भने खुल्न सकेको छैन । कसैले महिलाको हत्या गरी आगो लगाइदिएको हुन सक्ने प्रहरीको अनुमान छ ।




