महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका १ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१ ग्राम ९ सय २० मिलिग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका १ डेरा गरी बस्ने धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर घर भएका ३१ वर्षीय सुनिल कुमार थिङ तामाङ र सर्लाही ईश्वरपुर नगरपालिका ५ बस्ने २८ वर्षीय महमद गफार अंसारी रहेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले ज ९ प २४१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






