सिरहा । सिरहामा गोली हानी एक जनाको हत्या भएको छ । सिरहा नगरपालिका १ निवासी अन्दाजी ४५ वर्षीय प्रमेन्नाथ यादवको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको हो ।
स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोलाको किनारमा रहेको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालले प्रारम्भिक अनुसन्धानबाट गोली हानी हत्या गरिएको देखिएको जानकारी दिए । घटनापछि स्थानीयवासीहरू त्रसित बनेका छन् भने प्रहरीले अनुसन्धान तीव्र पारेको जनाएको छ ।






