बारा । बाराको परवानीपुर गाउँपालिका ३ बजार चोकबाट बिहीबार दिउँसो प्रहरीले करिब २ ग्राम २ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ बस्ने २७ वर्षीय म्याक ढुङ्गाना र २६ वर्षीय सुदन रिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूविरुद्ध आवश्यक अनुसन्धान जारी रहेको छ ।






