महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका १४ बाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ७२ ट्याब्लेट र नाइट्राजेपाम ५० ट्याब्लेटसहित सोही ठाउँ बस्ने ३२ वर्षीय रियाज अन्सारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले प्र २-०२-००१ प ६४५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






