सर्लाही । सर्लाहीको गोडैता नगरपालिका १२ रोहुवामा मंगलबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रामनगर गाउँपालिका ५ बिर्ता टोलका ५० वर्षीय सुरेन्द्र ठाकुर मृत फेला परेका हुन् । बाटो छेउमा बेवारिसे पुरुष मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
घटनास्थलको प्रकृति मुचुल्का गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको प्रहरीले जनाएको छ । मृतकको शरिरमा कुनै घाउ, चोट पटक नरहेको र मृत्युको कारण खुल्न नसकेको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् डिएसपी सरोज राईले बताए ।




