रसुवा । रसुवाको कालिका गाउँपालिका २ लामाटोलमा टिपरले ठक्कर दिँदा २० वर्षीया युवतीको मृत्यु भएको छ । नौकुण्ड गाउँपालिका १ थाङ्दोर बस्ने २० वर्षीया यो माया निकुरको मंगलबार राति मृत्यु भएको हो ।
ना ५ ख ६३३२ नम्बरको टिपरले बा प्र ०२-०५० प ८३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको त्रिशूली अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






