काठमाडौं । महादेवबेँसीमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुई वटा यात्रुवाहक बस एकआपसमा ठोक्किँएर दुर्घटना भएको हो ।
काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१००६ ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए ।
दुर्घटनामा एक जनाको मृत्यु भएको र मृतकको पहिचान नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए । ठक्करपछि बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा एक व्यक्तिको मृत्यु भएको छ ।
प्रहरी निरीक्षक थापाले भने, ‘मृतकको पहिचान भइसकेको छैन । दुर्घटनाका घाइतेहरूको सङ्ख्या एकिन भइसकेको छैन । अहिले उद्धार कार्य जारी छ ।’






