नेपालगन्ज । नेपालगन्ज-गुलरिया सडकमा कुकर बम फेला परेको छ । खजुराको पेडारी नाला नजिक बिहान कुकर बम फेला परेको हो । बीच सडकमा कुकरलाई कालो टेपले लपेटेको अवस्थामा कुकर बम फेला परेको छ ।
बमलाई नष्ट गर्न नेपाली सेना पुगिसकेको छ । सडकमा आवतजावत रोकेर बम नष्ट गर्ने काम भइरहेको छ । बम राखिएको ठाउँ नजिक पेडारी नालामा पुल बनिरहेको छ ।
बम कसले राख्यो खुल्न सकेको छैन । बम नजिक पर्चा पम्प्लेट भेटिएको छैन । नजिकिएको चुनावको वातावरणलाई चुनौती दिन बम राखेको आशंमा गरिएको छ ।






