बैतडी । बैतडीमा बसको ढोकबाट खसेर एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु प प्र ०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका ८ त्रिपुराका ६५ वर्षीय पदमराज भट्टको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । दशरथचन्द राजमार्ग अन्तर्गत दशरथचन्द नगरपालिका १ गुरुखोलास्थित मोडमा बिहिबार साँझ ४:४० बजेतिर बसको ढोकाबाट खसेर भट्ट घाइते भएका थिए ।
तत्कालै उनलाई उपचारका लागि जिल्ला अस्पताल पर्याएको थियो । अस्पताल पर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका उनले बताए । मृतकको शव अस्पतालमै राखिएको छ ।
भट्टको टाउकोमा चोट रहेको र कानबाट अत्यधिक रगत बगेका कारण उनको मृत्यु भएको हुन सक्ने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।
बस र बस चालक दशरथ महरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






