सिराहा । सिराहाको लहान नगरपालिका १० ग्रामिण चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९० मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने सुखिपुर नगरपालिका ८ घर भएकी २१ वर्षीया पिरती कुमारी चौधरी समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको प्र २-०१-००१ प ४४०९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




