बारा । फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारीमाथि स्थानीयले शुक्रबार बिहान हातपात गरेपछि सुरक्षाकर्मीले त्यहाँबाट उद्धार गरेको छ । अध्यक्ष अन्सारीको फेटा ३ स्थित बजारमा भएको घर घेराउ गर्दै उनीमाथि हातपात भएको थियो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले उनलाई उद्धार गरेको हो ।
गाउँमा गएराति जन्ती आएका दुई समुदायका युवाबीच कुटाकुट भएको थियो । त्यही विषयलाई लिएर स्थानीय अध्यक्ष अन्सारीसँग छलफल गर्न पुगेका थिए । तर उनले आफूले केही गर्न नसक्ने बताएपछि छलफलकै क्रममा स्थानीयले हातपात गरेका थिए । त्यहाँबाट जोगिन आफ्नै घरमा पसेका उनको घर घेराउ गरिएको थियो ।




