मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता लामो समयदेखिका बाधाहरू स्वतः फुकुवा हुनेछन् । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको सुरुवाती दिनमा अपजस मिल्नसक्ने भएकाले सजग रहनुपर्ला । नियमित खर्चसमेत बढ्ने योग छ र शिक्षामा वाधा आउनेछ । मङ्गलबारबाट रमाइलो यात्राको योग रहेको छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । अचल सम्पत्ति हात पर्ने योग छ । धार्मिक, सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्णहुन सकिनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता अधुरा कामहरू पुरा हुन सक्छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिने छ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो हप्ताको सुरुका दिनमा नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । काममा सानातिना बाधा आउने र काम रोकिनेछ । स्वास्थ्य समस्याले पनि पिरोल्न सक्छ । साताको मध्यबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुन सक्छ । चलाखी पूर्ण बोलीले कार्य सम्पादन हुन सक्छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । रोकिएको धन हाता पर्न सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानीले राम्रै प्रतिफल दिनेछ । प्रेम मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता वाहन लाभको योग छ । भौतिक सुखमा बढोत्तरी हुनेछ । प्राविधिक र स्वास्थ्य विषयमा सफल हुन सकिनेछ । बन्दव्यापारको क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता सुरुको दिनमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । मानसिक चिन्ता पनि बढ्नेछ । सोमबार बाट भने लाभदायक र खुसीको यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । झन्झटिलो कार्यमा समय खेरा जान सक्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । शेयर बजार र वाहनबाट लाभ पनि हुनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता धार्मिक, सांस्कृतिक र शुभ कार्यमा सरिक हुने सम्भावना छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । आफन्तसँग रमणीय र सुखद् यात्राको योग छ । स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । (अधिक जानकारीका लागि 977-9849559502)




