काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले आज एक सूचना जारी गर्दै फागुन १९ गतेदेखि २१ गतेसम्म रेल सेवा पूर्ण रूपमा बन्द हुने जानकारी दिएको हो ।
सूचना अनुसार यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्तिसुरक्षा प्रत्याभूति गराउने उद्देश्यले १९ फागुनदेखि २१ गते बिहीबारसम्म भंगाहा-जनकपुर-जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहने जनाइएको हो ।
उक्त अवधिमा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमा याचना गर्दै फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख गरिएको छ ।





