सर्लाही । सर्लाहीको बलरा नगरपालिका १० सुदामा बस्ने श्रीमान श्रीमती झुण्डिएको अवस्थामा भेटिएका छन् । घरबाट करिव ५ सय मिटर उत्तरपश्चिममा रहेको गोठघरको बाँसको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको फेला परेका हुन् ।
स्थानीयले शनिबार विहान करिव ८ बजेको समयमा घटना देखेपछि इलाका प्रहरी कार्यालय, गडहियालाई जानकारी गराएका थिए । सूचना प्राप्त हुना साथ प्रहरी निरीक्षक कैलाश चौधरीको कमाण्डमा पाँच जना प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरीको फरेन्सिक टोलीसमेत परिचालन गरी अनुसन्धान सुरु गरिएको छ । प्रहरीका अनुसार अन्दाजी ६० वर्षीय भनु महतो र निजकी श्रीमती अन्दाजी ५६ वर्षीया निर्मला देवीले आत्महत्या गरेका हुन् ।
मृतक दम्पतीले किन आत्महत्या गरेका हुन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ ।




