काठमाडौं । कोभिड-१९ विरुद्ध खोप अभियान चलिरहेको छ । खोप लगाएपछि शरीरमा विभिन्न प्रति असरहरु देखिने गर्छन् । त्यो असर सामान्यदेखि गम्भीर खालका हुन सक्छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कसैलाई पनि गम्भीर खालको असर देखिएको छैन ।
खोप लगाएपछि हुन सक्ने सामान्य असरहरु
– सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने
– थकाई र आलस्य महसुस हुने
– ज्वरो आउने तथा टाउको दुख्ने
– वाकवाकी हुने, वान्ता आउने
– माशंपेशी वा जोर्नी दुख्ने
– फ्लुको जस्तो लक्षण देखिने
यस किसिमको सामान्य असरहरुले खोप लिने व्यक्तिहरुको स्वास्थ्यमा गम्भिर असर नपर्ने मन्त्रालयले जनाएको छ । यी असरहरु विस्तारै आफैँ कम भएर जान्छन् ।
गम्भीर असरहरु
– सबै खोपहरु सुरक्षित हुन्छन् । यद्यपि खोपबाट विरलै मात्र हुने असरको रुपमा एनाफाइलाक्सिस हुन सक्छ ।
– यो गम्भिर प्रकारको असर हो, जसलाई एजर्जीक प्रतिक्रिया भनिन्छ । यस प्रकारको असर देखा परेमा यसको तत्कालै उपचार र व्यवस्थापन गर्नुपर्दछ ।
– प्रत्येक खोप केन्द्रमा एनाइफालेक्सिस व्यवस्थापन गर्न पूर्व तयारी गरिएको छ ।
खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटनाको बारेमा सबै तहका स्वास्थ्यकर्मीलाई तालिम तथा अभिमुखिकरण दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






