रौतहट । रौतहट क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार दोब्बर मतले अगाडि रहेका छन् । ४० हजार ८ सय ८३ मतागणना सकिदा रास्वपा उम्मेद्वार गणेश पौडेलले १९ हजार ८ सय ८५ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार देव प्रसाद तिमलसिनाले ८ हजार ३ सय ६१ मत पाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले ६ हजार ४ सय ३६ पाएका छन् भने एमालेका रामजी साहले १ हजार ८ सय ५९ मत पाएका छन् । यस्तै आम जनता पार्टीका उम्मेदवार ऋषि धमलाले २ सय ९६ मत ल्याएका छन् । यो क्षेत्रमा ७३ हजार ३ सय ९७ मत खसेको थियो ।




