सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका युवाहरूले आफ्नो भाकल पूरा भएपछि गाउँको कुलदेवता ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई चढाएका छन् ।
जिल्लाको चन्द्रनगर गाउँपालिका ३ स्थित कोरियाही टोलका युवाहरूले चुनावको मिति घोषणा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू देशभरि विजयी होऊन् भन्ने कामना गर्दै ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई चढाउने र चमेली माई मन्दिरमा एउटा बोका बली दिने भाकल गरेका थिए ।
युवाहरूका अनुसार सर्लाहीका रास्वपा उम्मेदवारहरू नीतिमा भण्डारी ( कार्की ), रविन महतो, नरेन्द्र साह कलवार र डा. अमरेश सिंह लगायत तथा देशभर पार्टीका उम्मेदवारहरूले सफलता पाएपछि आफ्नो भाकल पूरा भएको भन्दै आइतबार ब्रह्मबाबा मन्दिरमा मिठाई अर्पण गरिएको हो ।
चन्द्रनगर ३ का युवा पवन महतोका अनुसार केही दिनभित्रै चमेली माई मन्दिरमा बोका बली दिने कार्यक्रम पनि गरिनेछ ।




