वीरगंज । पर्साको जिराभवानी गाउँपालिका ४ पशुबजार नजिकैबाट प्रहरीले २१३ किलोग्राम गाँजा बरामद गरेको छ । गएराति सुनौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे १ त ५७१४ नम्बरको ट्र्याक्टरमा गाँजा बरामद गरिएको हो ।
गस्तीमा रहेको प्रहरी टोली देख्ने वितिक्कै ट्र्याक्टर चालक भागेका थिए । त्यसपछि प्रहरी टोलीले ट्र्याक्टरका सामान जाँच गर्दा गाँजा भेटेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
ट्रयाक्टरमा २२ वटा प्लास्टिकको पोकामा गाँजा भेटिएको हो । प्रहरीले गाँजासहित ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ भने चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




