सिराहा । सिराहामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बडहर्वा मिर्चैयाबाट बन्दिपुरतर्फ जाँदै गरेको स ४ प ५५६६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ कर्जन्हा नगरपालिका ६ तिनकुनेमा दुर्घटना भएको हो ।
दुर्घटनामा कर्जन्हा नगरपालिका ६ बस्ने २२ वर्षीय रबि सदा घाइते भएका थिए । उनी मोटरसाइकलको पछाडि सवार थिए । घाइते रबि सदालाई फुल कुमारी मेमोरियल अस्पताल, कर्जन्हामा उपचारका लागि लगिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालकसहित अन्य दुई जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।




