रौतहट । रौतहटमा अनुचित लेनदेनको आरोपमा एक व्यापारी पक्राउ परेका छन् । चन्द्रपुर ४ का व्यापारी रामबाबु प्रसाद कलवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
पीडित रामबाबु महतोको जाहेरीको आधारमा जिल्ला अदालतबाट अनुचित लेनदेनको मुद्दामा कलवारमाथि पक्राउ पुर्जी जारी भएको थियो । उनलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।
बुधबार अदालतमा हाजिर गराइएका कलवारको मुद्दा समय अभावले पुनस् अदालत उपस्थित गराइँदै छ । विगतमा मिटरब्याजीको आरोपमा पटक पटक प्रहरीमा उजुरी परेका कलवारविरुद्ध दोहोरो नागरिकताको विवाद समेत बाहिर आएको छ ।




