रौतहट । रौतहटको फतुवाविजयपुर नगरपालिका ५ सन्तपुर टोल बस्ने ५० वर्षीय तेजिलाल यादव र उनकै छोरा २२ वर्षीय लालबाबु यादवलाई अवैध लागूऔषध गाँजा १ किलो ९ सय २० ग्रामसहित बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट खटिएको प्रहरीले तेजिलालले सोही ठाउँस्थित संचालन गरेको किराना पसल तलासी गर्दा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






