महोत्तरी । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा २३ वर्षीय युवकको मृत्यु भएको छ । गौशाला नगरपालिका ३ इँटाटारमा बीआर ३१ एभी १९२३ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीकै औरही नगरपालिका १ औरही बस्ने २३ वर्षीय धर्मेन्द्र साहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबास सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिको कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।




