धनुषा । पूर्वपश्चिम राजमार्गस्थित धनुषाको ढल्केबरको एक होटलमा युवती मृत फेला परेकी छन् । मिथिला नगरपालिका ६ ढल्केबरमा रहेको जुनतारा स्टाप लाइन होटलमा एक युवती मृत फेला परेकी हुन् ।
मंगलबार करिब साढे ११ बजेतिर पोखरा महानगरपालिका १३ मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएकी इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जनाकारी दिए ।
उनको मृत्यु के कारणले भएको हो ? प्रहरी अनुसन्धानमै रहेका बेला होटल सञ्चालन भने फरार भएका छन् । उनका अनुसार मृतकको मुखबाट फिज निस्किएको छ, शरीरका अन्य भागमा चोट पटक देखिएको छैन ।
घटनापछि होटल सञ्चालक रामपुकार साह तथा होटलमा कार्यरत अन्य कामदार फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको खोजी कार्य भइरहेको जनाएको छ ।
प्रहरीले घटनास्थलमा आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको जनाएको छ ।




